म... तिमी बिना मरिहाल्छु
यस पटककै बहुप्रतिक्षित चलचित्र, आज आएर मात्र हेर्ने मौका मिल्यो। भुवन के.सी. को "म... तिमी बिना मरिहाल्छु"। बिज्ञापन, भुवन के.सी. को निर्माण र नेपाली चलचित्रप्रति नेपाली दर्शकको बढ्दो चासो, र केही चलचित्र जगतसंग जोडिएका केही अन्य मसला, यी सबैले यो चलचित्रलाई बहुप्रतिक्षित त बनायो तर, यसले जति माया दर्शकको पायो, त्यति चलचित्र समिक्षक र रंग पत्रकारको भने पाएन भन्ने जस्तो स्थिति, यो सिनेमा चलेको आज दोस्रो हप्तामा आइपुग्दा सम्मको चर्चाले देखाउँछ।
देशका बिभिन्न राष्ट्रिय स्तरका संचार माध्यम र आजसम्म "नेपाली चलचित्र समिक्षा" भनेर कहिल्यै छुट्टै स्तम्भ नराखेका राष्ट्रिय पत्रिका समेतले यो चलचित्रको समिक्षा तयार पारे र पाठक/स्रोता समक्ष प्रस्तुत गरे। प्राय कुनै पनि समिक्षाले यो राम्रो चलचित्र हो भनेर भनेका छैनन्। तर जब कुनै दर्शकले फोन गरेर अथवा अन्य कुनै माध्यमबाट प्रतिक्रिया दिन्छन्, सम्भवत: नेपाली चलचित्रका दर्शकको लागि यो चलचित्रले असन्तुष्टी प्रदान गरेको पढ्न पाइएको छैन। यो के हो त? भुवन के.सी. ले भने जस्तो "पुर्वाग्रही" सोचले गर्दा गरिएको समिक्षा अथवा निश्पक्ष समालोचना। यसलाई यहाँ केहि बेर मनन गरौं।
सबै भन्दा ठुलो कुरो भनेको हेर्ने आँखा हो। यौटा व्यक्तिले कुनै चिजलाई कुन दृष्टिले हेर्छ? उसको समिक्षा, उसको त्यहि दृष्टिको उपजभन्दा अरु केहि होइन भन्दा यहाँ हिचकिचाउनु पर्ने कुनै कारण नै देखिँदैन। कुनै समिक्षकले यौटा चलचित्रलाई ०/४ (चारमा सुन्य) अंक दिएर बेकार भन्ने अधिकार तब प्राप्त गर्दछ, जब उसको हेर्ने आँखाले सफा मन र पुर्वाग्रह बिनाको दृष्टिशक्तिको प्रयोग गरि आफ्नो दृष्टिकोणलाई शब्दकृत गर्दछ। अन्यथा उसलाई कुनै हक हुँदैन, त्यसको फैसला गरेर, दर्शकलाई दिग्भ्रमित तुल्याउने।
क्रिटिसिज्मको पनि हद हुन्छ। यदि तपाई कुनै चलचित्रलाई क्रिटिसिज्मको आँखाले हेर्नु हुन्छ त तपाई त्यसमा खोटै खोट पाउनुहुन्छ। यो चलचित्रको मात्र कुरा होइन। जुनसुकै क्षेत्रमा पनि लागु हुने कुरा हो। आँखामा रातो चस्मा लगाएर हेरेपछि निश्चल/सेतो दुध पनि दुषित र रक्ताम्य देखिन्छ। तपाईको जनताको आँफुलाई जुनसुकै आँखा भनेर परिभाषित गर्नुस (यो उदाहरणले तपाईको तेस्रो आँखा भन्ने सगरमाथा च्यानलसंग कुनै प्रत्यक्ष सरोकार राख्दैन), त्यो आँखा नै धुलाम्य छ भने सारा संसार नै धुलाम्य देखिन्छ। नामको "म" को पछाडि किन तीन वटा "..." राख्यो भन्ने बाट सुरु भएको क्रिटिसिज्म, डबलपार्ट र झरना थापाको ओभरएक्टिङ्ग(अतिरञ्जित अभिनय) सम्म पुग्छ। ओभर एक्टिङ्ग भनेको के हो? साहरुख खानको प्राय: जसो चलचित्रमा स्पष्ट ओभरएक्टिङ्ग देखिँदा त उनि संसारकै ठुलो चलचित्र उद्योगको बादशाह कहलिन्छन्। हामीमा त अझै चलचित्रको क्षेत्रमा निपुणता हासिल गर्नै बाँकि छ।
अब फिल्म भित्र नै प्रवेश गरौं। चलचित्रको कथाबस्तु बास्तवमै सामान्य हो। तर यो सामान्य कथामा असामान्य गुदि खोज्न सक्नु नै कला हो। "त्यहाँ भुवनलाई आर्मी नबनाएर अरु रुपमा देखाइ बिदेशिएको बनाएपनि त्यसले फरक पार्ने छैन", भनेका पनि सुनिए। यो गलत पनि होइन। किन भने कथाको मुख्य केन्द्रबिन्दु भनेको सम्पति मोह र रगत र गैर रगतको नाताको बिचको आत्मियता हो। र पोष्टरमा भुवनले आर्मीलाई नै बढी फोकस गरेका छन। तर यदि कसैको सोच नै गलत छ भने यसमा केहि लाग्दैन। अहिले सम्म नेपाली चलचित्रले शान्तिसेनामा गएका नेपाली सेनाको कथा प्रस्तुत गर्ने सकेको छ? कंगो जस्तो देशको परिस्थितिलाई नेपाली पर्दामा उतार्न सकेको छ? सबैलाई थाहा छ, यो अहिले सम्म भएको छैन। यस चलचित्रमा यदि बास्तविक रुपमा नै कंगो देखाउन चाहने हो भने, त्यहाँको जनता र उनिहरुको नेपाली क्याम्पसंगको घनिष्टतालाई देखाउन सकिन्थ्यो। त्यो चाहिँ यसमा नपुगेकै हो। किन भने नेपाली सेनासंग त्यहाँका बिद्रोहीको भन्दा त्यहाँका जनतासंगको सामिप्यता बढि छ भनेर त संचार माध्यमले देखाइसकेका छन। तर पनि फिल्ममा जति देखाइएको छ, फिल्मको कथाको प्रमुखता अर्कै रहेकोले त्यसलाई नपुग भन्नु गलत हुनेछ।
अभिनय कौशलताको कुरा गर्दा यो चलचित्र बास्तवमै सफल चलचित्र हो। यसको निर्देशन पक्ष, छायाँकन पक्ष सबै सबल( पुर्ण नभएपनि त्यो अहिलेसम्मलाई पर्याप्त नै हो) छन। यसको पात्र चयन पनि निकै नै सबल देखिन्छ। बाल कलाकारले गरेको अभिनय पनि यसको अर्को गुनिलो पक्ष हो। तर बालकलाकार सुजल नेपालको डाइलग डेलिभरी(संवाद) भने त्यति सक्षम हो भन्न मिल्दैन।
चलचित्रको अर्को प्रमुख पक्ष हो, नायिका झरना थापाको दोहोरो भुमिका। उनि मरिन् तर मरिनन् पनि। जसरी उनको दोस्रो रुपमा उनकि सहोदर बहिनीलाई प्रस्तुत गरिएको छ, यो एकप्रकारले उहि पुराना नेपाली चलचित्रको पुच्छर समाउने खालको हो भनेर प्रतिक्रिया पनि दिन सकिन्छ। तर तपाई आफ्नो हेराईलाई परिवर्तन गरेर हेर्नुस। माओवादी बिद्रोही भएकाले बहिनी चाहिँ प्रतिकार गर्न र न्यायको लागि लड्न सक्षम देखाउनु पटकथाको न्यायोचित पक्ष देखिन्छ। र अन्तयमा यौटा सैनिक र बिद्रोही सेनाको विवाह हुन्छ। यो यौटा बेग्लै लक्षण बोकेको सिन सम्योजन हो। यसले ठुलो संम्भावना बोकेको छ बर्तमान राजनैतिक परिवर्तनसंग आएका मुद्दाहरुमा।
तर यो चलचित्रको खल्लो लाग्दो प्रस्तुति भनेको यसको द्वन्द हो जस्तो लाग्छ। आर्मीको कौशलता देखाउन भने द्वन्द निर्देशक चुकेका छन। उहि पुरानो मुक्कामुक्की द्वन्द भने ठिकै हो कि!
चलचित्रको गीति पक्ष र यससंग गाँसिएका सबैलाई सादुबाद दिनै पर्छ। नेपाली सिनेमाले यति उत्कृष्ट संगितलाई सिर्जित गर्न सक्दो रहेछ। यसमा राखिएको आइटम(Item) बाहेक सबै चलचित्रका लागि मखमलीको फुलको मालाले सजाएजस्तै छन्। तर त्यो आइटमको कोरियोग्राफीमा पुजनाको प्रस्तुति चाहिँ नेपाली चलचित्रको अर्को आशलाग्दो भविष्य हो। उनको नृत्य कौशलतालाई ४.५/५।
धेरै छन् चलचित्रको समिक्षा गर्दा खेरी छुनु पर्ने क्षेत्रहरु। तर यहाँ त्यो सम्भव रहेन। तर अन्त्यमा अर्को यौटा कुरा। सफलतालाई कसरी परिभाषित गर्ने। आधुनिक नेपाली चलचित्रमा सबैभन्दा सफल चलचित्र भनेको विना कुनै संकोच भुषण दाहालको "कागबेनी" नै हो। तर भुवन के.सी नेपाली चलचित्रका लागि उत्कृष्ट चलचित्र दिने निर्माता पनि हुन् भनेर इन्कार गर्न मिल्दै मिल्दैन। उनका अघिल्ला प्रस्तुतिका रुपमा रहेका "करोडपति" र "नेपाली बाबु" लाई पछ्याउने हो भने, यो चलचित्र पनि त्यहि अंकभारको चलचित्र हो। तत्कालिन समयमा ति चलचित्र नेपाली सिनेमा जगतकै अब्बल चलचित्र हुन। सो यो चलचित्र पनि अहिलेसम्मको चलचित्र मुल्याङ्कनमा अब्बल चलचित्र भन्नु पर्दछ। कोही कक्षामा सँधै दोस्रो पोजिसनमा रहन्छ भने उसकालागि सबै भन्दा पहिलो सफलता भनेको उसले सँधै दोस्रो स्थानलाई कायम गर्न सक्नु। भुवन, त्यही स्थायित्वको कुरामा यस चलचित्रबाट सफल छन्। यो भन्दा कुनै अत्युक्ति होला जस्तो मलाई लाग्दैन।
अझै नेपाली चलचित्रलाई बलिउड र हलिउडसंग तुलना गर्न मिल्ने अवस्था छैन। अन्तराष्ट्रिय बजारमा डलर भाउ बढ्यो भने चालिस लाखको लगानी सोझै पचास लाखमा पुग्छ, तर पनि नेपाली निर्माता निर्देशक हतोस्साहित छैनन। नेपाली चलचित्र आँफनो ठाउँमा पनि कमजोर कथाबस्तु र प्रस्तुतिबाट पिल्सिएको अवस्थामा आएको यो चलचित्रलाई "मेरोनेपालमा डट कमले " सिफारिस गर्छ कि तपाई जानुस र पैसा तिरेर यसलाई हेर्नुस, यदि तपाई नेपाली चलचित्र हेर्नु पर्छ भन्ने मान्यता राख्नुहुन्छ भने। यौटा बहुप्रतिक्षित हिन्दी चलचित्रको दोस्रो हप्तामा आइपुग्दा कति दर्शक हुन्छन हलमा, खोजी गर्नुस, अनि यो चलचित्रको अहिलेको स्थिति हेर्नुस, सफलता त्यसैबाट छर्लङ्ग हुनेछ।
अब भुवनको अर्को चलचित्र डिजिटल प्रविधिमा होस्। त्यसपछि समग्र नेपालीलाई नै त्यसले तान्ने छ। भुवनले भने जस्तै त्यो चलचित्र मर्डर (हलिउडको अन्फेथफुलको नक्कल) जस्तो नेपाली समाजको भन्दा पृथक कथाबस्तु होस्, यसको लागि शुभकामना छ। (मर्डर भनेर उनले नै नाम लिएकाले मात्र यहाँ लेखिएको हो।)
blend of art technique and business.
Sunday, November 2, 2008
Subscribe to:
Post Comments (Atom)
chalchitrako samiksha ramro lagyo. naresh sir, ma tapailai euta kura bhane sidha rupama bhanna chahanchhu. Tyo ke ho bhane -
ReplyDeleteYedi tapai le kunai nepali chalchitra banau nu bhayo bhane tyo chalchitrale tapailai tapaiko kshamatako upadhi dine chha. kina bhane nepali film lai yesaitai manish haruko awasekta chha bhanne malai lagchha.
BEST OF LUCK for your filmy study.